झापा / सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर गुल्मीको मुसीकोट नगरपालिकामा एकजना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नं- ३ का १४ वर्षीय गगन रायमाझीको रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान  विद्यालय जाने क्रममा बालकलाई ढुङ्गाले लागेको थियो ।

डोजरले बाटो खन्दै गर्दा फालेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका बालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिए । स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराएपछि थप उपचारका लागि गुल्मी अस्पताल लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।