झापा / ओखलढुङ्गामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका -६ जन्तरखानी माथिल्लो मैदानेका ३५ वर्षीय कामे शेर्पा रहेको प्रहरीले जनाएको छ ।बिहीबार बिहान साढे १० बजे सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक सहित पक्राउ गरेको हो । बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / सुनसरीको दुहबी नगरपालिका - ५ बुढीपुल स्थित कोशी राजमार्गमा लहरीको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका - २० बस्ने ५८ वर्षीया कृष्ण कुमारी खवास रहेकी छन् । शुक्रबार दिनको ३ बजे उनकै श्रीमान ६६ वर्षीय मछिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाइकलको पछाडि बसी जादै गर्दा विपरित दिशाबाट आएको यु पी ५७ ए टी ३८३७ नम्बरको भारतीय लहरीले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक उनका श्रीमान सामान्य रहेका छन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले लहर
धादिङ / अविरल वर्षापछि गएको पहिरोले बस्ती पुरिँदा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एक जनाको ज्यान गएको छ ।त्रिपुरासुन्दरी– ५ स्थित घिमिरेगाउँमा पहिरोले नेत्रबहादुर खाडको घर पुरिँदा उनको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले जानकारी दिए । उनका अनुसार घरमूली मृत अवस्थामा फेला परे पनि परिवारका अन्य सदस्य सकुशल रहेका छन्।स्थानीय प्रशासनले मृतको लासलाई पोस्टमार्टमका लागि सल्यानटार अस्पताल पठाइएको छ । पहिरोले ५ वटा घर बस्न नमिल्ने गरी क्षति भएको छ । पीडित परिवारका लागि गाउँपालिकाले नजिकै सुरक्षित स्थानमा अस्थायी व्यवस्था मिलाएको छ ।
एजेन्सी / दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको भीषण आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु भएको छ । साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ ।राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय आगलागी भएको जनाइएको छ । घटनास्थलमा करिब ५० दमकल र १६० अग्नि नियन्त्रकहरू खटाइएको र २० मिनेटपछि आगो निभाइएको थियो । घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।
चितवन / चितवनको पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहाल रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकामा बसले ठक्कर दिएका दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट भारतको सिलगढीतर्फ जाँदा गरेको बा ५ ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्र
काठमाडौं / संघीय संसद् प्रतिनिधिसभाको बैठक भइरहेको छ । बैठक बिहान ११ बजेदेखि संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो । बैठकमा विनियोजन विधेयक, २०७९ का परराष्ट्र मन्त्रालय, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयको बारेमा छलफल भइरहेको बताइएको छ । यस्तै, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक पनि आजै बस्दैछ ।उक्त बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ माथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
जाजरकोट / जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुनीचाँदे- ६ का २१ वर्षीय दर्शन शाही, वडा नं ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाही रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए । ११ जना घाइते भएका छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका- ५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०३४९ नम्बरको बोलेरो जिप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।घाइतेहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्य भइरहेको प्रदेश प्रहरी कार
काठमाडौं / नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि
बिर्तामोड / मोरङमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । ज्यान मार्ने उद्योग आरोपमा पक्राउ परेका मोरङको केराबारी गाउँपालिका- २ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी ठकुरीलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराउन विराटनगर ल्याएको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।आफन्तले भने प्रहरीको कुटपिटबाट मृत्यु भएको दाबी गरेका छन् । प्रहरीले कुटपि
तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका –४ ड्यामस्थित सडक भासिएको स्थानबाट तल दुई वटा शव र एउटा कार भेटिएको छ । जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार मृतक दुवैको सनाखत हुन सकेको छैन । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेका थिए । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको बताइएको छ । उद्धार टोली घटनास्थलमा पुगिसकेको नेपालले बताए । फेला परेको शव कारमा सवार यात्रुको हो या होइन भन्ने नखुलेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।सडक भासिँदा दुईतर्फी सवारी आवागमनमा अवरु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.