जाजरकोट / जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुनीचाँदे- ६ का २१ वर्षीय दर्शन शाही, वडा नं ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाही रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए । ११ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका- ५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०३४९ नम्बरको बोलेरो जिप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital