काठमाडौं / संघीय संसद् प्रतिनिधिसभाको बैठक भइरहेको छ ।  बैठक बिहान ११ बजेदेखि संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो । 

बैठकमा विनियोजन विधेयक, २०७९ का परराष्ट्र मन्त्रालय, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयको बारेमा छलफल भइरहेको बताइएको छ । 

OM Sai Pathibhara Hospital

यस्तै, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक पनि आजै बस्दैछ ।

उक्त बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ माथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।