चितवन / चितवनको पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहाल रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकामा बसले ठक्कर दिएका दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट भारतको सिलगढीतर्फ जाँदा गरेको बा ५ ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।