धादिङ / अविरल वर्षापछि गएको पहिरोले बस्ती पुरिँदा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एक जनाको ज्यान गएको छ ।
त्रिपुरासुन्दरी– ५ स्थित घिमिरेगाउँमा पहिरोले नेत्रबहादुर खाडको घर पुरिँदा उनको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले जानकारी दिए । उनका अनुसार घरमूली मृत अवस्थामा फेला परे पनि परिवारका अन्य सदस्य सकुशल रहेका छन्।स्थानीय प्रशासनले मृतको लासलाई पोस्टमार्टमका लागि सल्यानटार अस्पताल पठाइएको छ । पहिरोले ५ वटा घर बस्न नमिल्ने गरी क्षति भएको छ । पीडित परिवारका लागि गाउँपालिकाले नजिकै सुरक्षित स्थानमा अस्थायी व्यवस्था मिलाएको छ ।