एजेन्सी / दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको भीषण आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु भएको छ । साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ ।

राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय आगलागी भएको जनाइएको छ । 
घटनास्थलमा करिब ५० दमकल र १६० अग्नि नियन्त्रकहरू खटाइएको र २० मिनेटपछि आगो निभाइएको थियो । घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।