समाचार

    Showing 22,111-22,120 of 26,010 items.
  • सवारी दुर्घटनामा परि २ जनाको मृत्यु

    हेटौंडा / पूर्व- पश्चिम राजमार्गको हेटौंडा- ९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामा बाबु २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङ रहेको प्रहरीले जनाएको छ । भारतबाट ग्यास बोकेर आएको एनएल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 79 पटक पढिएको
  • २६० ग्राम सुनसहित विमानस्थलबाट ३ जना पक्राउ

    काठमाडौं / जजिरा एयरलाइन्सबाट नेपाल आएका तीन जना सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा  प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोची  रहेको भन्सार कार्यालयले जनाएको छ  । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाइन्टको भित्री भागमा लुकाएर ल्याएको २६० ग्राम सुन सहित पक्राउ गरिएको  जनाएको छ । प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक / एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको बताएका छन् । 

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 67 पटक पढिएको
  • आज यी स्थानमा भारी वर्षा हुने

    झापा / पूर्वी क्षेत्रमा केन्द्रित मनसुनी वर्षा अन्य क्षेत्रमा पनि विस्तार हुन थालेको छ ।हाल नेपालको प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित ठुलो वर्षा हुनेछ । त्यस्तै, बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 64 पटक पढिएको
  • मोबाइल पसलको सटर फोडी बिभिन्न कम्पनीको मोबाइलहरू चोरी गरेको आरोपमा २ पक्राउ

    बिर्तामोड / सुनसरीको इटहरी उप-महानगरपालिका- ९ स्थित रहेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका- ९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका- ४ नुवाकोट घर भई काठमाण्डौको टोखा बस्ने १९ वर्षीय सन्तोष मगर रहेका छन । उनीहरूले यही ज्येष्ठ १५ गते राती मोबाइल पसलको सटर फोडी ३ लाख बराबरको बिभिन्न कम्पनीको मोबाइलहरू चोरी गरेका थिए । चोरी भएको जानकारी तत्कालै प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौमा लुकिछिपि बसेको अवस्थामा चोरी भएको ३ वटा मो

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 150 पटक पढिएको
  • सहकारीको ताला फुटाएर चोरी गर्ने झापाका विक पक्राउ

    बिर्तामोड / झापाको कनकाई नगरपालिका –३ स्थित सुरुङ्गा बजारमा रहेको सुभेक्षा बचत तथा ऋण सहकारी संस्थाबाट रकम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा गाउँपालिका –६ का ४० वर्षीय भवानीप्रसाद विक रहेका छन् । विकले गत बुधवार सहकारीको ताला फुटाएर नगद २ लाख ७० हजार रुपैयाँ चोरी गरेका थिए । विकलाई सिसी टिभी फुटेजका आधारमा चोरी गरेको केही घण्टामै इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको सुरुङ्गाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्वाले जानकारी दिए । जिम्वाका अनुसार चोरी गरेको रकमबाट विकले २ थान मोबाइल र अन्य घरायसी सामान समेत खरि

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 183 पटक पढिएको
  • तेह्रथुममा सुनका गरगहना र नगद चोरी गर्ने मेचीनगरका तामाङ पक्राउ 

    तेह्रथुम / तेह्रथुमको लालीगुँरास नगरपालिका- ९ स्थितबाट चोरीमा संलग्न १ जनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका- ११ घर बताउने ३५ वर्षीय रोशन तामाङ रहेका छन । तामाङले ज्येष्ठ २५ गते बुधबार दिउसो फेदाप गाउँपालिका- २ तेह्रथुमका प्रेम प्रसाद भट्टराईको घरमा कोही नभएको मौका पारी ढोका फोडी कोठा भित्र काठको बाकसमा राखेको सुनको बिभिन्न गरगहनाहरू  ५ तोला, ५ आना र  नगद १ हजार रुपैयाँ  सहित चोरी गरी फरार भएका थिए । चोरी भएको सूचना पाए लगतै प्रहरी चौकी योयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले खोज

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 141 पटक पढिएको
  • ६१ हजार ७ सय नगद सहित १२ जना जुवाडे पक्राउ

    काठमाडौं / कीर्तिपुर नगरपालिका- ४ सल्यानथान स्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 97 पटक पढिएको
  • मोरङका उद्योगीहरूले प्रदेश १ सरकारलाई बुझाए ज्ञापन पत्र

    विराटनगर / विराटनगरका उद्योगीले संघीय सरकारको बजेटमा एमएस वायर रड, वनस्पति घ्यूतेल र मोनिटरी प्याडमा राखिएको पछिल्लो राजश्वको प्रावधान सच्याउनु पर्ने माग गदै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।मार्चपाससहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका उद्योगीले प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।मुख्यमन्त्रीलाई ज्ञापनपत्र मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बुझाएका थिए ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 69 पटक पढिएको
  • छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ७४ वर्षीय ठूलोबुबा पक्राउ

    बर्दिया / बर्दियामा २१ वर्षीया छोरीलाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा जबरजस्ती करणी तथा हाडनाता करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पीडितलाई माइती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राखिएको साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 137 पटक पढिएको
  • झापामा फेरी १३ वर्षीया बालिका बलात्कृत

    बिर्तामाेड / मेचीनगरबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –७ का ३८ वर्षीय महेश मण्डल रहेका छन् । गत २९ वैशाखमा मेचीनगर –७ स्थितपालिका गंगा टोलकी १३ वर्षीया बालिकालाई मण्डलले आफ्नै घरमा प्रलोभनमा पारी पाँच सय रुपैयाँ दिएर जबरजस्ती करणी गरेको आरोप छ । पीडित बालीकाले उक्त घटनाका बारेमा आफ्नी आमालाई बताएपछि उनकी आमाले आजै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीको आधारमा प्रहरीले मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।&

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 253 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.