विराटनगर / विराटनगरका उद्योगीले संघीय सरकारको बजेटमा एमएस वायर रड, वनस्पति घ्यूतेल र मोनिटरी प्याडमा राखिएको पछिल्लो राजश्वको प्रावधान सच्याउनु पर्ने माग गदै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

मार्चपाससहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका उद्योगीले प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

OM Sai Pathibhara Hospital

मुख्यमन्त्रीलाई ज्ञापनपत्र मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बुझाएका थिए ।