झापा / पूर्वी क्षेत्रमा केन्द्रित मनसुनी वर्षा अन्य क्षेत्रमा पनि विस्तार हुन थालेको छ ।
हाल नेपालको प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित ठुलो वर्षा हुनेछ ।
त्यस्तै, बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।