बर्दिया / बर्दियामा २१ वर्षीया छोरीलाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा जबरजस्ती करणी तथा हाडनाता करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पीडितलाई माइती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राखिएको साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।