बिर्तामोड / झापाको कनकाई नगरपालिका –३ स्थित सुरुङ्गा बजारमा रहेको सुभेक्षा बचत तथा ऋण सहकारी संस्थाबाट रकम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका –६ का ४० वर्षीय भवानीप्रसाद विक रहेका छन् । विकले गत बुधवार सहकारीको ताला फुटाएर नगद २ लाख ७० हजार रुपैयाँ चोरी गरेका थिए । 

OM Sai Pathibhara Hospital

विकलाई सिसी टिभी फुटेजका आधारमा चोरी गरेको केही घण्टामै इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको सुरुङ्गाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्वाले जानकारी दिए । 

जिम्वाका अनुसार चोरी गरेको रकमबाट विकले २ थान मोबाइल र अन्य घरायसी सामान समेत खरिद गरेको पाइएको छ ।