समाचार

    Showing 22,081-22,090 of 26,007 items.
  • इटहरीमा देखिएको चितुवाको सकुशल उद्धार

    इटहरी / सुनसरीको इटहरीमा आज बिहान देखिएको चितुवाको सकुशल उद्धार गरिएको छ । इटहरी उप- महानगरपालिका वडा नं ६ र ९ को सीमानामा पर्ने एकता टोल विकास क्षेत्रमा आज बिहान चितुवा देखा परेको थियो । चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो । चितुवालाई हाललाई डिभिजन बन कार्यालय इनरुवा सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 80 पटक पढिएको
  • ९६ किलो गाँजा सहित तीन जना पक्राउ

    झापा / मकवानपुरको भिमफेदी गाउँपालिका- ९ चुनियाबाट ९६ किलो ८ सय ४० ग्राम गाँजा सहित ३ जनालाई  आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका- २ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका- ९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले र सोही गाउँपालिका- १० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।  उक्त ठाउँमा ना २ ह ३५६६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको सिटमा बोराभित्र लुकाई ल्याएको अवस्थामा उक्त गाँजा फेला पारी अटो चालक अभिषेक सहित ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 120 पटक पढिएको
  • ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय युवक पक्राउ

    झापा / सङ्खुवासभामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ  परेका छन् । पक्राउ पर्नेमा जिल्लाको खाँदबारी नगरपालिका- २ का ३९ वर्षीय कुमार दर्जी रहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई दर्जीले ०७९ जेठ २० गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई चैनपुर नगरपालिका- ६ चैनपुर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले बताए । पक्राउ परेका दर्जीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 122 पटक पढिएको
  • सुनसरीको इटहरीमा देखियो चितुवा , स्थानीय आतङ्कित

    बिर्तामोड / सुनसरीको इटहरी उप- महानगरपालिका वडा नं ६ र ९ को सीमानामा पर्ने एकता टोल विकास क्षेत्रमा चितुवा देखा परेको छ । चितुवा देखिएसँगै स्थानीहरू आतङ्कित बनेका छन् । बिहानै देखा परेको चितुवालाई हाल नियन्त्रणमा लिने प्रयास जारी छ ।चितुवा नियन्त्रणमा लिनका निम्ति अहिले कोशी टप्पु वन्यजन्तु आरक्षको उदार टोलीलाई परिचालन गरिएको छ । कुनै अप्रिय घटना हुन नदिन स्थानीयको सुरक्षार्थ हाल जुट विकास र एकता टोल क्षेत्रमा इलाका प्रहरी कार्यालयबाट प्रहरी र जिल्ला वन कार्यालयका कर्मचारीहरूको टोली खटाइएको छ । प्रहरीले भने स्थानीयलाई घरभित्रै बस्न आग्रह गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 117 पटक पढिएको
  • करको दररेट परिवर्तन प्रकरण : एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

    काठमाडौँ / बजेट सेटिङ्गमा ल्याइएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।भट्टराईले भने, ‘नेपालको संसदीय इतिहासमा कोही मन्त्रीमाथि प्रश्न उठ्यो भने राजीनामा दिने चलन छ । यसलाई ख्याल गरियोस् ।’अर्थमन्त्री शर्माकै निर्देशनमा जेठ १४ गते मध्यरातमा बजेटअन्तर्गत राजस्व तोक्ने काम भएको भन्ने समाचार प्रकाशन भएपछि एमालेले उनको राजीनामा माग गरे

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 75 पटक पढिएको
  • १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    महोत्तरी / महोत्तरीमा १६ वर्षीया किशोरीलाई  बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मटिहानी नगरपालिका- ५ बस्ने ३२ वर्षीय जितेन्द्र यादव रहेको प्रहरीले जनाएको छ । घटना बारे जानकारी पाए लगतै प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरी टोलीले यादवलाई सोमबार बिहान पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 88 पटक पढिएको
  • १५ सांसदद्वारा बजेट छलफल स्थगनको प्रस्ताव दर्ता

    काठमाडौं / संसद्मा प्रतिनिधिसभाका १५ जना सांसदले बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले तत्काल जीटुजी विधिबाट रासायनिक मलको खरिद गरी किसानलाई आवश्यक मलको व्यवस्था गर्न छलफल गर्नुपर्ने भन्दै बैठकका कार्यक्रम स्थगन गर्न प्रस्ताव पेश गरेका हुन् । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने बताइएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 65 पटक पढिएको
  • ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ / साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला ३ सय रुपैयाँ गिरावट आएको हो । छापावाल सुन आइतबार ९९ हजार २ सय  रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज ९८ हजार ९ सय रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुनको मूल्य आज ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा समेत गिरावट आएको महासङ्घको तथ्याङ्कले देखाएको हो । आइतबार १ हजार २ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ६५ रुपैयाँ कायम भएको हो ।

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 64 पटक पढिएको
  • आज यी क्षेत्रमा वर्षाको हुने

    काठमाडौँ / जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । आज प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 56 पटक पढिएको
  • बन्चरो प्रहार गरी भाइको हत्या गर्ने धामी पक्राउ

    बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका -४ स्थितमा  बन्चरो प्रहार गरी भाइको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र -४ का ३० वर्षीय देवराज धामी रहेका छन । आइतबार बिहान पौने ६ बजे देबराजले आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीलाई सामान्य वादविवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते देव कुमारलाई घर परिवारका मानिसले तत्कालै उपचारको लागि बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बन्चरो प्रहार गरी भाइको हत्या गर्ने  देबराजको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अ

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 86 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.