काठमाडौँ / बजेट सेटिङ्गमा ल्याइएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।

OM Sai Pathibhara Hospital

भट्टराईले भने, ‘नेपालको संसदीय इतिहासमा कोही मन्त्रीमाथि प्रश्न उठ्यो भने राजीनामा दिने चलन छ । यसलाई ख्याल गरियोस् ।’

अर्थमन्त्री शर्माकै निर्देशनमा जेठ १४ गते मध्यरातमा बजेटअन्तर्गत राजस्व तोक्ने काम भएको भन्ने समाचार प्रकाशन भएपछि एमालेले उनको राजीनामा माग गरेको हो ।