बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका -४ स्थितमा बन्चरो प्रहार गरी भाइको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र -४ का ३० वर्षीय देवराज धामी रहेका छन । आइतबार बिहान पौने ६ बजे देबराजले आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीलाई सामान्य वादविवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए ।
घाईते देव कुमारलाई घर परिवारका मानिसले तत्कालै उपचारको लागि बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बन्चरो प्रहार गरी भाइको हत्या गर्ने देबराजको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।