काठमाडौं / संसद्मा प्रतिनिधिसभाका १५ जना सांसदले बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका छन् । 

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले तत्काल जीटुजी विधिबाट रासायनिक मलको खरिद गरी किसानलाई आवश्यक मलको व्यवस्था गर्न छलफल गर्नुपर्ने भन्दै बैठकका कार्यक्रम स्थगन गर्न प्रस्ताव पेश गरेका हुन् । 

OM Sai Pathibhara Hospital

स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने बताइएको छ ।