समाचार

    Showing 19,921-19,930 of 25,968 items.
  • देशैभर जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय

    काठमाण्डौ । आर्थिक गतिविधि चलायमान बनाउने भन्दै सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रीपरिषद बैठकले 'भू-उपयोग पहिलो संशोधन नियमावली २०७९' स्वीकृत गर्ने निर्णय गरेको हो । यो नियमावली क्याबिनेटले पास गरेसँगै देशभर लामो समयदेखि बन्द भएको जग्गाको कित्ताकाट खुलेको हो ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको र यसले राजश्वमा समेत गम्भीर धक्का लागेपछि नियमावली पारित गरिएको बताइन् । पछिल्लो समय जग्गाको कित्ताकाट तथा अंशबण्डाको काम रोकिँदा

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 1,323 पटक पढिएको
  • सांसद शाहीले प्रत्येक महिनाको तलबबाट रु. ३ हजार खेलाडीलाई दिने घोषणा

    काठमाण्डौ  ।  राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीलाई दिने घोषणा गरेका छन्।मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले आजको संसदबाट  घोषणा गर्दै भने मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीको नाममा जम्मा गरिदिनेछु।शाहीले संघ र प्रदेशका सबै सांसदलाई खेलाडीलाई सहयोग गर्न अनुरोध पनि गरेका छन। उनले भने हामी आठ सय ८४ जना छौँ यदि हरेक सांसदले महिनाको तीन हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसारभर चिनाउन सहयोग पुग्छ।

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 127 पटक पढिएको
  • राष्ट्रिय सभाको बैठक स्थगित

    काठमाडौँ  । अर्को सुचना जारी नभएसम्मका लागी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् ।

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 202 पटक पढिएको
  • आन्तरिक उडानका लागि जहाज किन्दै निगम

    काठमाण्डौ  । रास्ट्रीय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ ।आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो ।निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ । निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो।निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्वीनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न १५ गन्तव्यमा साताको २५ उडान हुँदै आएको

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 224 पटक पढिएको
  • बाइक चलाएर नेपाल आए भारतबाट अभिनेता अजित कुमार

    काठमाण्डौ  ।  दक्षिण भारतीय अभिनेता अजित कुमार नेपाल आएका छन्। उनी भारतबाट बाइक चलाएर नेपाल आएका हुन्। उनी धनुषाको ढल्केबरमा देखिएको राजेश्वर एमपी फेसबुक पेजमा उल्लेख छ।उक्त पेजले एक तस्बिर सेयर गर्दै लेखेको छ, ‘लोकप्रिय भारतीय सुपरस्टार अभिनेता अजित कुमार साथीहरूसँग बाइकमा नेपालको ढल्केबरमा देखिए। उनका फिल्म भारतसँगै नेपालमा पनि चर्चित छन्।’उनी बाइकमा नेपाल आएको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनी फिल्म छायांकनको लागि नभई घुम्नका लागि नेपाल आएको बताइएको छ।दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका उनी आइतबार धुनषाको ढल्केबरमा देखिएका उनी सोमबार झ

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • 226 पटक पढिएको
  • कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाण्डौ । कैलालीमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया  कोराना संक्रमित महिलाको मृत्यु भएको छ ।उनको आइतवार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना पुष्टि भएको बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 167 पटक पढिएको
  • राष्ट्रिय परिचय पत्र देखाउदा डोलप्रसाद अर्याललाई निगमले विमान चढ्न रोक लगायो

    काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई नेपाल वायुसेवा निगमले उडानमा रोक लगाएको छ।भारत जान विमानस्थल पुगेका अर्यालले प्रस्तुत गरेको परिचय पत्र अमान्य रहेको भन्दै निगमले उडानमा रोक लगाएको हो। भारत जान विमानस्थल पुगेका अर्यालले परिचय पत्रको ठाउँमा ‘राष्ट्रिय परिचय पत्र’ दिएका थिए।  निगमका कर्मचारीले राष्ट्रिय परिचय पत्र मान्य नहुने भन्दै विमान चढ्न रोकेका हुन।दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा रहेका अर्यालले बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा आश्चर्य व्यक्त ग

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 260 पटक पढिएको
  • खेल्न गएकी बालिकाको मैदान फाटेर बनेको प्वालमा खसेर मृत्यु

    कास्की  ।  पोखरा महानगरपालिकामा मैदान फाटेर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु भएको छ।पोखरा महानगरपालिका- ८ नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुली शनिबार खेल्ने क्रममा उक्त प्वालमा खसेको जानकारी आएको सशस्त्र प्रहरीले जनाएको छ।पोखरा महानगरपालिका-१५ स्थित सिताराम हाउजिङ नजिकै रहेको खेल मैदान भासिएर बनेको प्वालमा बालिका खसेर अड्किएकी थिइन्।घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली खटिएको थियो। गोताखोरले अन्दाजी दुई सय मिटर गहिराईबाट बालिकालाई निकालेका थिए।अचेत अवस्थामा रहेकी उनलाई

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 198 पटक पढिएको
  • सहकारीले सरकारलाई ठगेको तथ्य फेला परेको छ

    महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन २०७९ बाट यस्तो तथ्य फेला फरेको छ।आन्तरिक राजस्व कार्यालय, कोटेश्वर अन्तर्गतको एक सहकारीले जग्गा बिक्री बापत प्राप्त आय रू २ करोड ५२ लाख ८३ हजारलाई आयमा समावेश नगरी सिधै जगेडा कोषमा हस्तान्तरण गरी कर दायित्व न्यून गरेको पाइएकोले उक्त जग्गा बिक्रीको आयलाई आयमा समावेश गरी न्यून गरेको आयकर रू ६३ लाख २० हजार छानबिन गरी असुल गर्नुपर्दछ ।आन्तरिक राजस्व कार्यालय, सूर्यविनायक अन्तर्गतको एक सहकारीले व्यापार तथा सहकारी दुबै कारोबार गरेकोमा व्यापारिक कारोबार तर्फको विविध आम्दानी, डकुमेन्टेशन चार्ज र भवन निर्माण शुल्कमा रू ८ करोड ४ लाख ८७ हजार आय गरेकोमा सो आयलाई कर

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 313 पटक पढिएको
  • गढीमाई नगरपालिकामा गोली चल्यो, एक जनाको मृत्यु

    रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ।गढीमाई नगरपालिका-८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताउनु भयो । गोली कसले चलायो भन्ने खुलेको छैन ।गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप य

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 279 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.