काठमाण्डौ । आर्थिक गतिविधि चलायमान बनाउने भन्दै सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले 'भू-उपयोग पहिलो संशोधन नियमावली २०७९' स्वीकृत गर्ने निर्णय गरेको हो । यो नियमावली क्याबिनेटले पास गरेसँगै देशभर लामो समयदेखि बन्द भएको जग्गाको कित्ताकाट खुलेको हो ।

OM Sai Pathibhara Hospital

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको र यसले राजश्वमा समेत गम्भीर धक्का लागेपछि नियमावली पारित गरिएको बताइन् । 

पछिल्लो समय जग्गाको कित्ताकाट तथा अंशबण्डाको काम रोकिँदा रियल स्टेटको व्यापारमा मन्दी आएको थियो । १६२ भन्दा बढी स्थानीय निकायले आफ्नो क्षेत्रमा कित्ताकाट खोल्दा केही महिनाअघिसम्म घटेर दयनीय अवस्थामा पुगेको राजश्व फागुनदेखि बढ्न थालेको थियो । चैतमा घरजग्गा कारोबारमा उछाल देखिएको र योसँगै उत्साही बनेको सरकारले देशैभर जग्गा कित्ताकाट सहज हुने गरी संसोधित नियमावली पारित गरेको हो । Screenshot_2023-04-19-04-32-39-23_a23b203fd3aafc6dcb84e438dda678b6

यो निर्णयसँगै अब घरजग्गा कारकोबार लयमा फर्किने र यसको प्रभावले आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा गरिएको छ ।