काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई नेपाल वायुसेवा निगमले उडानमा रोक लगाएको छ।

भारत जान विमानस्थल पुगेका अर्यालले प्रस्तुत गरेको परिचय पत्र अमान्य रहेको भन्दै निगमले उडानमा रोक लगाएको हो।

भारत जान विमानस्थल पुगेका अर्यालले परिचय पत्रको ठाउँमा ‘राष्ट्रिय परिचय पत्र’ दिएका थिए।  निगमका कर्मचारीले राष्ट्रिय परिचय पत्र मान्य नहुने भन्दै विमान चढ्न रोकेका हुन।

दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा रहेका अर्यालले बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता बाहेक अन्य कुनै पनि परिचय पत्र अमान्य रहेको प्रष्ट पारेका छन्।