काठमाण्डौ  ।  दक्षिण भारतीय अभिनेता अजित कुमार नेपाल आएका छन्। उनी भारतबाट बाइक चलाएर नेपाल आएका हुन्। उनी धनुषाको ढल्केबरमा देखिएको राजेश्वर एमपी फेसबुक पेजमा उल्लेख छ।

उक्त पेजले एक तस्बिर सेयर गर्दै लेखेको छ, ‘लोकप्रिय भारतीय सुपरस्टार अभिनेता अजित कुमार साथीहरूसँग बाइकमा नेपालको ढल्केबरमा देखिए। उनका फिल्म भारतसँगै नेपालमा पनि चर्चित छन्।’Screenshot_2023-04-17-21-41-13-26_a23b203fd3aafc6dcb84e438dda678b6

OM Sai Pathibhara Hospital

उनी बाइकमा नेपाल आएको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनी फिल्म छायांकनको लागि नभई घुम्नका लागि नेपाल आएको बताइएको छ।

दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका उनी आइतबार धुनषाको ढल्केबरमा देखिएका उनी सोमबार झापाको सुरुंगा पुगेका छन् । बाइकसहित उनी केही सहयोगीसँग पूर्वी नेपालमा आइपुगेका हुन् ।

मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीरलाई फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । फिल्म छायांकन नभएर उनको नेपाल आगमन बाइक राइडिङ रहेको हुन सक्ने अनुमान गरिएको छ । गत वर्ष उनी बाइक हाँक्दै थाइल्याण्ड पुगेका थिए ।

उनी कार र बाइक संकलनका सौखिन अभिनेता समेत हुन् । गत वर्ष उनी अभिनित ‘भलिमाई’ नेपालमा समेत रिलिज भएको थियो । उनी तमिल सिनेमा उद्योगका चर्चित अभिनेता हुन् ।

अजित कुमारको पछिल्लो समय फिल्म ‘थुनिभु’ प्रदर्शन भएको थियो। उनी अभिनेताका साथै कार रेसर पनि हुन्।