काठमाण्डौ  ।  राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीलाई दिने घोषणा गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले आजको संसदबाट  घोषणा गर्दै भने मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीको नाममा जम्मा गरिदिनेछु।

शाहीले संघ र प्रदेशका सबै सांसदलाई खेलाडीलाई सहयोग गर्न अनुरोध पनि गरेका छन। उनले भने हामी आठ सय ८४ जना छौँ यदि हरेक सांसदले महिनाको तीन हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसारभर चिनाउन सहयोग पुग्छ।Screenshot_2023_0418_154911