काठमाण्डौ । कैलालीमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोराना संक्रमित महिलाको मृत्यु भएको छ ।
उनको आइतवार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना पुष्टि भएको बताइएको छ ।