समाचार

    Showing 19,871-19,880 of 25,967 items.
  • आज उपनिर्वाचन हुदै

    काठमाडौं  ।   बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले,  बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 241 पटक पढिएको
  • चलचित्र छक्का पञ्जा ४ ले मनायो ५१ औ दिन

    काठमाण्डौ  ।  गत बर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा आएको फिल्म छक्का पञ्जा ४ ले प्रदर्शनको एकाउन्न दिन सफलताका साथ पार गरेको छ।आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मले शनिबार देशभरका १६ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको छ।डिजिटल युगमा आजभोलि नेपाली फिल्मलाई एक साता पनि हलमा टिक्न हम्मे हम्मे परेको समयमा छक्का पञ्जा ४ ले ५१औ दिन मनाएको छ । यसरी हलमा नेपाली फिल्मले ५१ औं दिन मनाउनु सामान्य मानिदैन । यो फिल्मले घरेलु बक्स अफिसमा २० करोड नजिकको ग्रस कलेक्सन गरेको छ। ‘छक्का पञ्जा’को यसअघिका तीन श्रृंखला पनि घरेलू बक्सअफिसमा सुपरहिट भएका थिए ।सामाजिक बिषयमा फिल्म बनाउने दीपक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 217 पटक पढिएको
  • गण्डकीमा एमाले सरकार ढल्यो

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त भएका हुन्। विश्वासको मतका लागि भएको मतदानमा सहभागी ५० प्रदेशसभा मध्ये २४ जनाले मात्रै विश्वासको पक्षमा मत दिएका थिए भने ३५ जनाले विश्वासको विपक्षमा मत दिएका थिए ।अधिकारीलाई एमाले बाहेक राप्रपाका दुई सांसदले साथ दिएका थिए भने माओवादी केन्द्र, कांग्रेस र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए। अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि अधिकारीलाई समर्थन गरेको माओवादीले समर्थन फिर्ता लिएप

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 158 पटक पढिएको
  • खेल क्षेत्रलाई सरकारले बेवास्ता गरेको छ प्रदेश खेलकुद विकास वोर्ड सदस्य सचिव वाग्ले

    सरोज निरौला पथरी, ९ बैशाख   ।   प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव हंसराज वाग्लेले सरकारले खेल क्षेत्र लाई बेवास्ता गरेको बताउनु भएको छ । आज मोरङको पथरी शनिश्चरेमा आयोजित प्रथम जिल्ला स्तरीय सितोरीयो कराँते प्रतियोगीतमा आफ्नो विचार व्यक्त गर्दै सदस्य सचिव वाग्लेले यस्तो बताउनु भएको हो । नेपाल सितारीयो कराते एकेडेमी र पथरी कराँते एकेडेमीको संयुक्त आयोजनमा भएको एक दिवसीय प्रतियोगीतामा वाग्लेले सरकारले खेललाई बृद्धिविकास गर्नुको साटो अझै मास्दै लगेको प्रति दुख व्यक्त गर्नुभयो । खेल क्षेत्रमा सरकारको तर्फबाट कम बजेट छुटिनु र छुट्टिएको रकमको सहि सदुपयोग नहुनु यस्को

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 249 पटक पढिएको
  • म्यान्मामा एक अधिकृतको गोली हानी हत्या

    एजेन्सी । म्यान्माको याङ्गुनमा विद्रोही लडाकूले शनिबार निर्वाचन आयोगका उपप्रमुखको गोली हानी हत्या गरेको सेनाले जनाएको छ । म्यान्मारको सेनाले दुई वर्षभन्दा बढी समयअघि सत्ता कब्जा गरेपछि यस कदमविरूद्ध असहमति व्यक्त गर्ने सर्वसाधारणमाथि समेत रक्तपातपूर्ण दमनको नेतृत्व गरेको छ । यो कदमले म्यान्मामा सामाजिक अशान्ति र आर्थिक सङ्कट निम्त्याएको छ ।स्वघोषित नागरिक ‘पिपुल्स डिफेन्स फोर्सेज’ जुन्टाको विरोधमा खडा भएका छन् र उनीहरूका लडाकुहरूले सेनासँग काम गर्ने अधिकारीहरूलाई निशाना बनाएका छन् । सेनाको सञ्चार टोलीले जारी गरेको विज्ञप्तिमा केन्द्रीय निर्वाचन आयोगका उपनिर्देशक साई क्याव थुको पूर्वी याङ्

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 198 पटक पढिएको
  • सरकारले दर्ता नदिएपछि ‘यात्री’ उत्पादक सन्कटमा

    काठमाण्डौ  ।  सरकारले नेपालमा बनेका सवारी साधन दर्ता गर्न आवश्यक व्यवस्था नगरिदिँदा कम्पनीको उत्पादन करिब आठ महिनादेखि बन्द भएको कुरा बाहिर आएसँगै सामाजिक सञ्जालमा यो विषय बहसको विषय बनेको छ ।यस विषयमा प्रतिनिधि सभाको बैठकमा समेत सांसदहरूले आवाज उठाउँदै स्वदेशमा उत्पादित सवारीकाे प्रवर्द्धनका लागि कानूनी हिसाबले सम्बोधन गर्न सुझाएका छन् ।यात्रीले आफ्ना शुभेच्छुकलाई धन्यवाद पनि दिएकाे छ । साथै आफ्नो उद्देश्यप्रति प्रतिबद्ध रहेको र आफूहरू यो लडाइँमा निरन्तर लडिरहने कम्पनीले उल्लेख गरेकाे छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 342 पटक पढिएको
  • प्रधानमन्त्री मोदीको कार्यक्रममा आत्मघाती हमलाको धम्की

    एजेन्सी ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी (बिजेपी)को प्रदेश कार्यालयलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन् । पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा भएकाले सुरक्षाकर्मीले निजलाई पहिचान गरिएको बताएका छन् ।विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका दाबी गर्दै ती आरोपित व्यक्तिले आफूले कुनै पत्र नलेखेको दोहोर्याएका छन्। के

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 145 पटक पढिएको
  • सरकार भनेको जनतामाथि मजाक गर्ने ठाउँ हो ? - बिप्लब

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिस्टहरू एकबद्ध हुनुपर्ने बताएका छन्। कम्युनिस्ट स्थापना दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा विप्लवले क्रान्तिकारी शक्तिहरू एकबद्ध हुनुपर्ने बताएका हुन् ।हामी छिट्टै सँच्चा कम्युनिस्ट शक्तिहरू एक हुन्छौं, माओवाद भनेको विचार हो । माओवादी मात्रै होइन, सबै कम्युनिस्ट एकबद्ध हुनुपर्छ । विप्लवले कम्युनिस्टमा केही विकृति देखिएको स्वीकार्दै देशलाई परिवर्तन गर्ने नेतृत्व कम्युनिस्टले नै लिनुपर्ने बताए । नेपालमा क्रान्ति सम्भव रहे पनि यो व्यवस्थालाई बदल्नुपर्ने उनको भनाइ छ । विप्लवले भने कुनै पनि कार्यालयमा घुस

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 187 पटक पढिएको
  • तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको शव भेटियो

    खलङ्गा । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए । नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन ।सिङ्दलसिंहको शव भारतीय भू–भाग

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 246 पटक पढिएको
  • तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

    काठमाडाैं । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा एक पुरुष बेपत्ता भएका छन् ।जिल्लाको ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिएका छन ।दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना घटेको वडाध्यक्ष बुढाथोकीले बताए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको र दुम्लिङबाट प्रहरी टोली घट्नास्थलमा पुगि  खोजी कार्य ज

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 141 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.