काठमाण्डौ  ।  गत बर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा आएको फिल्म छक्का पञ्जा ४ ले प्रदर्शनको एकाउन्न दिन सफलताका साथ पार गरेको छ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मले शनिबार देशभरका १६ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको छ।FB_IMG_1682212982257

डिजिटल युगमा आजभोलि नेपाली फिल्मलाई एक साता पनि हलमा टिक्न हम्मे हम्मे परेको समयमा छक्का पञ्जा ४ ले ५१औ दिन मनाएको छ । यसरी हलमा नेपाली फिल्मले ५१ औं दिन मनाउनु सामान्य मानिदैन । यो फिल्मले घरेलु बक्स अफिसमा २० करोड नजिकको ग्रस कलेक्सन गरेको छ। ‘छक्का पञ्जा’को यसअघिका तीन श्रृंखला पनि घरेलू बक्सअफिसमा सुपरहिट भएका थिए ।

सामाजिक बिषयमा फिल्म बनाउने दीपक-दीपाको टीमले चौथो सिरिजसम्म आइपुग्दा 'छक्का पञ्जा ४ बाट' दर्शकलाई वर्तमान समाज र राजनीतिक अवस्थालाई व्यंग्य गरेका छन्। विवाहेत्तर सम्बन्ध, सरकारी कार्यालयमा हुने भष्ट्राचार तथा ढिलासुस्ती, बेरोजगारी, मिटरब्याजीलगायतका विभिन्न पक्षलाई फिल्मले देखाउन खोजेको छ । त्यसैले त फिल्म हिट भएको छ। समग्रमा वर्ष २०७९ मा प्रदर्शन भएको यो फिल्मबाट दीपकराज गिरीले दर्शकको वाहवाही बटुले ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्ने बुढा), बुद्धि तामाङ, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, निर्मल शर्मा, शिशिर बाङ्गदेल लगायतका कलाकारको अभिनय छ ।

हेमराज विसीद्वारा निर्देशित यो फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका हुन्। नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता हुन्