सरोज निरौला 

पथरी, ९ बैशाख   ।   प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव हंसराज वाग्लेले सरकारले खेल क्षेत्र लाई बेवास्ता गरेको बताउनु भएको छ । आज मोरङको पथरी शनिश्चरेमा आयोजित प्रथम जिल्ला स्तरीय सितोरीयो कराँते प्रतियोगीतमा आफ्नो विचार व्यक्त गर्दै सदस्य सचिव वाग्लेले यस्तो बताउनु भएको हो । received_1671219230005401

OM Sai Pathibhara Hospital

नेपाल सितारीयो कराते एकेडेमी र पथरी कराँते एकेडेमीको संयुक्त आयोजनमा भएको एक दिवसीय प्रतियोगीतामा वाग्लेले सरकारले खेललाई बृद्धिविकास गर्नुको साटो अझै मास्दै लगेको प्रति दुख व्यक्त गर्नुभयो । खेल क्षेत्रमा सरकारको तर्फबाट कम बजेट छुटिनु र छुट्टिएको रकमको सहि सदुपयोग नहुनु यस्को जड रहेको वहाँको भनाई छ । सरकारले अन्तराष्ट्रिय स्तरका खेललाई महत्व दिनु र देशको पहिचान बोकेका खेललाई बेवास्ता गरेको वहाँले प्रस्ट पार्नुभयो । पछिल्लो समय खेल क्षेत्रमा देखिएको विकृती प्रति व्यंग्य गर्दै वाग्लेले भन्नुभयो “आयोजकले खेलाडीमा लगानी गर्ने पैसा मायाको चिनो र खदामा खर्च गरि खेलाडीलाई अन्याय गरेको छ ,अब खेलकुदको क्षेत्रमा खदा र मायाको चिनो बितरण पुर्णरुपमा बन्द गर्ने वहाँकाे भनाई रहेकाे थियाे । received_1233258904247449

प्रदेश विकास खेलकुद बोर्ड कोसि प्रदेशको आर्थीक सहयोगमा सम्पन्न एक दिवसिय प्रतियोगीतामा ५१ विधामा स्पर्धा भएको थियो । २० केजि तौल समूहदेखि ६८ प्लस केजि माथि भएको प्रतिस्पर्धामा बेलबारी डोजो प्रथम भएको छ । बेलबारी डोजोले २० गोल्ड ६ सिल्भर र १२ ग्रन्स्च जित्दै प्रथम स्थान हासिल गरेको हो । प्रतियोगीतामा अयोजक पथरी डोजो दोस्रो र टंकीसिनुवरी डोजो तेस्रो भएको छ । आयोजक पथरी डोजोले ९ गोल्ड,६ सिल्ड, १० ग्रन्स्च र टंकीसिनुवरी डोवोले ८ गोल्ड १२ सिल्भर ८ ग्रन्स्च जितेको छ । ७ गोल्ड ८ सिल्ड, ११ ग्रन्स्च सहित दुलारी चौथो र ३ गोल्ड ४ सिल्भर  ९ ग्रन्स्च सहित उर्लाबारी पाँचौ बनेको छ । विजेता सबैलाई प्रमुख अतिथि हंसराज वाग्ले विशिष्ट अतिथि नेपाल सितोरीयोे कराँते महासंघका उपाध्यक्ष महेस कुमार श्रेष्ठ, पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोले विजयी खेलाडीलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो । received_1220528931940342

पथरी शनिश्चरे २ स्थित सिन भिलेज पार्टी प्यालेसमा सम्पन्न्न प्रतियोगीतामा मोरङ, झापा र सुनसरीका गरी ३ सय ५० भन्दा बढि खेलाडिको सहभागीता रहेको थियो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाले २ लाख ५० हजार बराबरको किक म्याट पथरी कराँते एकेडेमीलाई हस्तान्तरण गरेको थियो । कार्यक्रम नेपाल सितोरीयोे कराँते महासंघका जिल्ला सचिव चन्द्र पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो ।