काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिस्टहरू एकबद्ध हुनुपर्ने बताएका छन्।

कम्युनिस्ट स्थापना दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा विप्लवले क्रान्तिकारी शक्तिहरू एकबद्ध हुनुपर्ने बताएका हुन् ।

OM Sai Pathibhara Hospital

हामी छिट्टै सँच्चा कम्युनिस्ट शक्तिहरू एक हुन्छौं, माओवाद भनेको विचार हो । माओवादी मात्रै होइन, सबै कम्युनिस्ट एकबद्ध हुनुपर्छ ।

विप्लवले कम्युनिस्टमा केही विकृति देखिएको स्वीकार्दै देशलाई परिवर्तन गर्ने नेतृत्व कम्युनिस्टले नै लिनुपर्ने बताए ।

नेपालमा क्रान्ति सम्भव रहे पनि यो व्यवस्थालाई बदल्नुपर्ने उनको भनाइ छ । विप्लवले भने कुनै पनि कार्यालयमा घुस नदिएसम्म काम हुँदैन ।

काम गर्न खोज्यो अड्काइदिन्छन् । मालिकहरू मोटाएका छन् । अहिलेको व्यवस्था जनताको पहुँचमा आएन ।

विप्लवले के सरकार जनतामाथि मजाक गर्ने ठाउँ हो, विप्लवले वर्तमान सरकारले जनताको पक्षमा काम नगरेको बरु आघात पुग्ने काम गरेको बताए ।

अहिले हजारौं मानिस विदेशिएका छन् । गरिबहरु भोकभोकै मर्नुपर्ने बाध्यता छ । किसानले मल पाएका छैनन् ।

सरकार भनेको जनतामाथि मजाक गर्ने ठाउँ हो ? भन्दै सरकार प्रती प्रस्न समेत राखेका थिए।