झापा / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ ।
झापा / इलामको माइजोगमाई गाउँपालिका–२, जोगमाईको टारसिङ गाउँमा पतिले पत्नीको हत्या गरी आत्महत्या गरेका छन् । बिहीबार राति माईजोगमाई– २ का ५७ वर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षीया राधिका खतिवडा घिमिरेको हत्या गरेका हुन् । खतिवडाले श्रीमतीको हत्या गरे पश्चात आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । दुई श्रीमती रहेका खतिवडा कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका थिए । पिताम्बरले राति १०:३० बजे जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । राधिकाको
काठमाडौ । अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन्। ३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।उनी घरको छिडीमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन्। आमा–बुवा बाहिर पार्टीमा गएका बेला उनी मृत फेला परेका हुन्। कलाकार सानु ताम्राकारका छोरा सारुक पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठसँग फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहेका थिए।
काठमाण्डौ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।राति देशभर सामान्यदे
झापा / गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा रोल्पाको गंगादेव गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिए । राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उक्त घटनामा बस धनी सल्यान छत्रेश्री गाउ
झापा / धनकुटाको चौबिसे नगरपालिका- ५ मुर्कुते स्थित तमोर करिडोरमा सडक निर्माण कार्यमा खटिएको दुई जना कामदारलाई नदिले बगाउँदा बेपत्ता भएका छन् । बुधवार अपरान्ह ५ बजे सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदिले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई खोजतलास भइरहेको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौँ / उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा कास्कीमा एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष राम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले बताए । वडाध्यक्ष गुरुङ बुधबार आफैं प्रहरीमा उपस्थित भएका हुन् । बुधबार आफूलाई कुटपिट गरेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले प्रहरीमा उजुरी दिएका थिए । उनीमाथि कानुन बमोजिम अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले बताए ।
काठमाडौं / अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् । देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् । आगामी दिनमा समाजसेवामा लाग्ने पनि उनले बताएकी छन् । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरूप प्रदान गरेको पनि उल्लेख गरेकी छन् । उनी लेख्छिन् ' समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट विदा धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहो
एजेन्सी / दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्यास लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो । स्थानीय अधिकारीहरूले नाइट्रेट अक्साइड ग्यास लिक हुँदा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।बोक्सबर्गको बाक्लो बस्ती भएको क्षेत्रबाट नाइट्रेट अक्साइड ग्यास लिक भइरहेको एक सिलिन्डर बरामद भएको छ । मृतकहरू सबै सोही क्षेत्रको एक सय मिटर वरपरको क्षेत्रका हुन् । अधिकारीहरूले अरुको पनि ज्यान गएको हुन सक्ने अनुमान गरेका छन् । सो क्षेत्रमा उद्धारकर्ताहरुलाई तैनाथ गरिएको छ ।
झापा / तीन वर्षदेखि कैद सजाय भोग्दै आएका एक बाँकेको नेपालगञ्जस्थित कारागारमा मृत फेला परेका छन् ।जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र घटनाबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.