समाचार

    Showing 19,291-19,300 of 25,966 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  ।   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर

    • प्रकाशित मितिः असार २६, २०८०
    • 290 पटक पढिएको
  • अवैध रुपमा सुन ल्याएको आरोपमा विमानस्थलबाट १२ जना पक्राउ

    काठमाडौं / अवैध रुपमा सुन ल्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साह रहेका छन् । नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथमा स- साना परिमाणक

    • प्रकाशित मितिः असार २५, २०८०
    • 220 पटक पढिएको
  • बैतडीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाइते

    झापा / बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । मेलौली नगरपालिका- ७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आँउदै गरेको लु २ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका- ६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको पुष्टि गरे । उनको मेलौलीको केशरपुर प्राथमिक स्वस्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वस्थ केन्द्रमा उपचार भइरहेको छ भने १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको छ । बस द

    • प्रकाशित मितिः असार २५, २०८०
    • 181 पटक पढिएको
  • संसद अवरोध नगर्न एमाले सकारात्मक

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्न सहमत भएको छ ।सिंहदरबारमा सोमबार दिउँसो प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा संसदको अतिरोध अन्त्य गर्न सहमति जुटेको हो ।बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओली सहमतिबारे सदनमै थाहा हुने प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको बताए ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • 204 पटक पढिएको
  • देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ

    काठमाडौँ / देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस वलीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–१२ चौपत्ताबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही नगरपालिका–१४ नारायणचोक बस्ने २४ वर्षीय रमेश खत्री क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई

    • प्रकाशित मितिः असार २५, २०८०
    • 195 पटक पढिएको
  • किशोरी र बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्तिबाट दुई पुरुष पक्राउ

    बिर्तामोड / १७ वर्षीया किशोरी र १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिकाबाट दुई जनालाई प्रहरीलले पक्राउ  गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका- ३ सात नम्बर चोक निवासी ३१ वर्षीय धन कुमार लिम्बू र बुद्धशान्ति- १ संग्रौला चोक बस्ने ३० वर्षीय चन्द्र बा . रोक्का रहेका छन् । लिम्बुले ती बालिकालाई निजकै घर पछाडि बासघारीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी  टोलीले उनीहरूलाई  पक्राउ गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले ज

    • प्रकाशित मितिः असार २५, २०८०
    • 295 पटक पढिएको
  • भाउजूको हत्या गरेको अभियोगमा देवर पक्राउ

    काठमाडौँ / नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका- १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरअभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जग्गाको विषयलाई लिएर वादविवाद एवम् झैं- झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी मिरा चौधरीको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) बाट खटिएको प्रहरीले चन्दनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • 177 पटक पढिएको
  • बाढी पहिरो र वर्षाका कारण भारतमा पछिल्लो २४ घण्टामा ३४ को मृत्यु

    एजेन्सी / पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट भारतका बिभिन्न स्थान गरि ३४ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै हिमाचल प्रदेशमा ११ जना, उत्तर प्रदेशमा ८ जना, उत्तराखण्डमा ६, दिल्लीमा ३ तथा जम्मु–कश्मीर, हरियाणा र पञ्जाबमा दुई–दुई जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । भारतमा झण्डै ५० वर्षयताकै ठूलो वर्षा भएको छ । हिमाचल प्रदेशमा २०० मिलिमिटर भन्दा माथि वर्षा भएको छ । यस्तै दिल्लीका अधिकांश क्षेत्र भारी वर्षाका कारण डुबानमा परेका छन् । यमुना नदीले खताराको तह पारेको जनाइएको छ । दिल्लीमा १५३ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विभागले केही दिन मूलधारे वर्षा हुने चेतावनी दिएपछि दिल्ली सरकारले स

    • प्रकाशित मितिः असार २५, २०८०
    • 198 पटक पढिएको
  • झापाको दमकबाट ब्राउन सुगर सहित ५ जना पक्राउ

    बिर्तामोड / झापाको दमक नगरपालिका- १ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ९ बजे लागूऔषध ब्राउनसुगर बिक्री वितरण भइरहेको छ भन्ने विषेश सूचनाको  आधारमा खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर फेला पारेसँगै २० वर्षीय शैलेश कुमार मगर, २३ वर्षीय एनोस राई, दमक २ का २८ बर्षीय मदन बहादुर मगर, २५ बर्षीय हेम श्रेष्ठ र दमक ६ का २० बर्षीय अन्जान मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • 227 पटक पढिएको
  • आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द हुँदै , कुनै नयाँ रकम भुक्तानी नहुने

    काठमाडौँ /  महालेखा नियन्त्रक कार्यालयले सोमवारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने बताएको छ । महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन् । प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन ।राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमवार पनि साटिन सक्नेछन्, तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन, सूचनामा भनिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर

    • प्रकाशित मितिः असार २५, २०८०
    • 242 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.