बिर्तामोड / सुनसरीको दुहबी नगरपालिका- २ स्थितमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । हिजो साँझ साढे ७ बजे आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुसुम लाला साहको छोरा ३ वर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि विराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
बिर्तामोड / कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगतको पीआइटि समुह र इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर सहित छ जनालाई पक्राउ गरेको छ । हिजो सुनसरीको धरान उप- महानगरपालिका- ८ स्थितमा लागूऔषध बिक्री बितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआइटि समुहबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय साजन बि क ,३३ वर्षीय सिताराम तामाङ, ४२ वर्षीय जनक राई, ३५ वर्षीय रबिन बराइली र २४ वर्षीय आलोक मगरलाई २ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी मोरङको रंगेली नगरपालिका- ४ स्थित इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएक
बिर्तामोड / खोटाङ र तेह्रथुमको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे खोटाङको खोटेहाङ गाउपालिका- ६ कच्ची सडक खण्ड स्थितमा खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना. ६ त २४६६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घट्ना हुँदा घाईते भएका ट्याक्टर चालक खोटेहाङ- ३ का २३ वर्षीय पवन तामाङलाई उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका- ६ स्थित बा. ६८ प ५८३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका आठराई -३ का २५ वर्षीय नबिन थिङलावुको फिदिम अस्पतालतर्फ लादै
काठमाडौं / अवैध रूपले भन्सार छली नेपाल भित्र्याइएका ४१ लाख ८१ हजार रुपैयाँ बराबरका मोबाइल डिस्प्ले सहित एक जना पक्राउ परेका छन् । बुधवार सशस्त्र बलको टोलीले बाँके जिल्लाको कोहलपुर नगरपालिका -११ स्थित कृषिबजार चोक नजिकैबाट उक्त परिमाणका मोबाइल डिस्प्लेसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।भारत घर बताउने ३६ वर्षीय नावेद अलीलाई ३० नम्बर बागेश्वरी गण बाँके र राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस कोहलपुरले नियन्त्रणमा लिएको उल्लेख छ । से ७ प ८९९९ नम्बरको मोटरसाइकलमा सवार अलीले विभिन्न ब्रान्डका मोबाइलका डिस्प्लेको बिल बिजक फेला नपरेपछि नियन्त्रणमा लिइएको हो । अलीलाई बरामद डिस्प्ले तथा मोटर
काठमाडौं / प्रहरीले विभिन्न समयमा बरामद गरेका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेको छ । कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानून बमोजिम नष्ट गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो ।नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक समेतका प्रतिनिधिहरू, गृह मन्त्रा
काठमाडौं / अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा ३ जनालाई कञ्चनपुर भीमदत्त नगरपालिका- १८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्चपुर दोधार चाँदनी नगरपालिका- ७ घर भएका ४० वर्षीय प्रविण खड्का र भीमदत्त नगरपालिका- १० जिमुवा महेन्द्रनगर घर भएका ४७ वर्षीय दीपक सिंह बोहरा रहेका छन् । उक्त गल्लीमा गैह्र- कानुनी रुपमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई
एजेन्सी / कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए । कुवेति अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ । मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ । लागू औषध तस्करीमा एक जना श्रीलङ्काली नागरिकलाई पनि मृत्युदण्ड दिइएको छ । उनीहरू सबैलाई झुन्ड्या
झापा / महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार/पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राही समेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए । साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको
काठमाडौं / काठमाडौंको बुढानिलकण्ठबाट एक जना प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ प्रहरी हवल्दार विष्णु सिंहलाई एक लाख घुससहित पक्राउ गरेको हो । सिंह प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत छन् ।कुख्रे खोलाको ढल तथा सरसफाइ र निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्न घुस लिएको आरोपमा सिंहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । टंगलास्थित अख्तियार मुख्यालयबाट खटिएको टोलीले उनलाई बुढानीलकण्ठ नगरपालिका–२ बासिकबाट पक्राउ गरेको हो ।
बिर्तामोड / बिर्तामोडबाट ताप्लेजुङका लागी हिँडेको जिप पाँचथरको फिदिम दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत मङ्गलवार मेची राजमार्गको पाँचथर खण्ड अन्तरगत फिदिम नगरपालिका -२ साम दिनमा भएको दुर्घटनामा परि गम्भिर घाइते भएकी २६ बर्षिया इसेटिमा सेर्पाको मृत्यु भएको हो । झापाको बिर्तामोड स्थित बि एण्ड सी अस्पतालको आइसियुमा उपचाररत उनलाई चिकित्सकले बिहीबार बिहान २ बजे मृत घोषणा गरेका थिए । उनीसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो । उक्त दुर्घटनामा परेका फिदिम नगरपालिका -१० की ४० वर्षीय सविना विश्वकर्मा र ताप्लेजुङको मैवाखोला -१ ढुङगेसाँगुका ४५ वर्षीय जितेन्द्रमणी विक्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.