बिर्तामोड / खोटाङ र तेह्रथुमको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे खोटाङको खोटेहाङ गाउपालिका- ६ कच्ची सडक खण्ड स्थितमा खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना. ६ त २४६६  नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घट्ना हुँदा घाईते भएका ट्याक्टर चालक खोटेहाङ- ३ का २३ वर्षीय पवन तामाङलाई उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका- ६ स्थित बा. ६८ प ५८३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका आठराई -३ का २५ वर्षीय नबिन थिङलावुको फिदिम अस्पतालतर्फ लादै गर्दा बाटोमा मृत्यु भएको हो भने घाईते भएका मोटरसाइकल चालक धरान- १५ का २६ वर्षीय सुरेन्द्र राईलाई सामान्य उपचार पश्चात थप उपचारको लागि धरान तर्फ रेफर गरिएको इलाका प्रहरी कार्यालय आठराईले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।