काठमाडौं / अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा ३ जनालाई कञ्चनपुर भीमदत्त नगरपालिका- १८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्चपुर दोधार चाँदनी नगरपालिका- ७ घर भएका ४० वर्षीय प्रविण खड्का र भीमदत्त नगरपालिका- १० जिमुवा महेन्द्रनगर घर भएका ४७ वर्षीय दीपक सिंह बोहरा रहेका छन् । 

OM Sai Pathibhara Hospital

उक्त गल्लीमा गैह्र- कानुनी रुपमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई सोही गल्लीस्थित घरमा विगत ४ महिनादेखि कलबाइपास गरिरहेको अवस्थामा कल बाइपासमा प्रयोग भएका SIP PBX Connection, ल्यापटप २ थान, मोनिटर, लाइन केबल २ थान, मोबाइल सेट ३ थान, यूपीएस र ब्याट्री लगातयका विभिन्न उपकरणसहित पक्राउ गरेको हो । 

उनीहरू उपर  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर महेन्द्रनगरबाट थप अनुसन्धान एवं आवश्यक कारबाहीको प्रकृया  अगाडि बढाइएको प्रहरीले जनाएको छ ।