बिर्तामोड / सुनसरीको दुहबी नगरपालिका- २ स्थितमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । हिजो साँझ साढे ७ बजे आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुसुम लाला साहको छोरा ३ वर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि विराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।