काठमाडौं / काठमाडौंको बुढानिलकण्ठबाट एक जना प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ प्रहरी हवल्दार विष्णु सिंहलाई एक लाख घुससहित पक्राउ गरेको हो । सिंह प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत छन् ।

कुख्रे खोलाको ढल तथा सरसफाइ र निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्न घुस लिएको आरोपमा सिंहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । टंगलास्थित अख्तियार मुख्यालयबाट खटिएको टोलीले उनलाई बुढानीलकण्ठ नगरपालिका–२ बासिकबाट पक्राउ गरेको हो ।