काठमाडौं / अवैध रूपले भन्सार छली नेपाल भित्र्याइएका ४१ लाख ८१ हजार रुपैयाँ बराबरका मोबाइल डिस्प्ले सहित एक जना पक्राउ परेका छन्  । बुधवार सशस्त्र बलको टोलीले बाँके जिल्लाको कोहलपुर नगरपालिका -११ स्थित कृषिबजार चोक नजिकैबाट उक्त परिमाणका मोबाइल डिस्प्लेसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

भारत घर बताउने ३६ वर्षीय नावेद अलीलाई ३० नम्बर बागेश्वरी गण बाँके र राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस कोहलपुरले नियन्त्रणमा लिएको उल्लेख छ ।  से ७ प ८९९९ नम्बरको मोटरसाइकलमा सवार अलीले विभिन्न ब्रान्डका मोबाइलका डिस्प्लेको बिल बिजक फेला नपरेपछि नियन्त्रणमा लिइएको हो । अलीलाई बरामद डिस्प्ले तथा मोटरसाइकल सहित आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।