बिर्तामोड / बिर्तामोडबाट ताप्लेजुङका लागी  हिँडेको जिप पाँचथरको फिदिम दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत मङ्गलवार मेची राजमार्गको पाँचथर खण्ड अन्तरगत फिदिम नगरपालिका -२ साम दिनमा भएको  दुर्घटनामा परि गम्भिर घाइते भएकी २६ बर्षिया इसेटिमा सेर्पाको मृत्यु भएको हो । 

झापाको बिर्तामोड स्थित बि एण्ड सी अस्पतालको आइसियुमा उपचाररत उनलाई चिकित्सकले बिहीबार बिहान २ बजे मृत घोषणा गरेका थिए ।

OM Sai Pathibhara Hospital

उनीसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो । उक्त दुर्घटनामा परेका फिदिम नगरपालिका -१० की ४० वर्षीय सविना विश्वकर्मा र ताप्लेजुङको मैवाखोला -१ ढुङगेसाँगुका ४५ वर्षीय जितेन्द्रमणी विक्रम वनेमको मृत्यु भएको थियो ।

दुर्घटनामा परि गम्भिर घाइते भएका अन्य ८ जनाको  वि एण्ड सी टिचिङ अस्पताल र बिर्ता सिट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिए ।