बिर्तामोड / कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगतको पीआइटि समुह र इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर सहित छ जनालाई पक्राउ गरेको छ ।

हिजो सुनसरीको धरान उप- महानगरपालिका- ८ स्थितमा लागूऔषध बिक्री बितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआइटि समुहबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय साजन बि क ,३३ वर्षीय सिताराम तामाङ, ४२ वर्षीय जनक राई, ३५ वर्षीय रबिन बराइली र २४ वर्षीय आलोक मगरलाई  २ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

OM Sai Pathibhara Hospital

त्यसैगरी मोरङको रंगेली नगरपालिका- ४ स्थित इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक ७० वर्षीय भल्लु पासवानलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।