समाचार

    Showing 19,081-19,090 of 25,965 items.
  • सामाखुशी खोलामा बेपत्ता भएका साजनको शव ११ दिनपछि भेटियो

    काठमाडौं / काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि भेटिएको छ । गत  ७ साउनमा बेपत्ता भएका १३ वर्षीय बालक विधान आलेमगर ९साजन० को शव हिजो दक्षिणकालीमा भएटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । उनका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 160 पटक पढिएको
  • छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

    बिर्तामोड / धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनकुटाको धनकुटा नगरपालिका- १ हिले स्थितमा प्रहरी चौकी हिले र ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित स्थानीय ३१ बर्षीय राजेश तामाङ, २९ बर्षीय बिनोद घिमिरे, २५ बर्षीय फुर्वा तामाङ, २६ बर्षीय पदम न्यौपाने, २७ बर्षीय युवराज बि.क. र पाख्रीबास- ३ का २५ बर्षीय सरोज तामाङलाई नियन्त्रणमा लिएको छ यस्तै सुनसरीको ईटहरी उप- महानगरपालिका- ६ स्थितमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोली

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 186 पटक पढिएको
  • महेन्द्रनगरबाट दार्चुला जाँदै गरको बस डडेल्धुरामा दुर्घटना

    काठमाडौँ  / आज डडेल्धुरामा बस र जिप ठोक्किएर दुर्घटना भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला गइरहेको ना ८ ख २३५७ नम्बरको बस र बैतडी खोड्पेबाट डडेल्धुरा तर्फ आइरहेको म १ ज ११४ नम्बरको जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा मानवीय क्षति नभएको डडेल्धुरा प्रहरीले जनाएको छ । बसको अगाडिको भाग कुल्चिएको छ ।  घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 103 पटक पढिएको
  • करेन्ट लागेर सुनसरीमा एक जनाको मृत्यु

    बिर्तामोड / शौचालय जाने क्रममा करेन्ट लागेर सुनसरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–९ धुराहा फिल्टुन बस्ने २० वर्षीय निरज चौधरी रहेका छन् ।शौचालय जाने क्रममा मुसाले काटेको तारमा टेक्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा  बुधबार राति मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 138 पटक पढिएको
  • सहकारी पीडितले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

    काठमाडौं / काठमाडौंमा सहकारीबाट पीडित भएकाहरूले गरेको सडक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।बिजुलीबजारको आर्क ब्रिजमा सहकारी पीडितले सडक अवरुद्ध गर्न खोज्दा प्रहरी र पीडितबीच धकेलाधकेल भएको हो । जसमा १०/१५ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर भएको र अस्पताल लगिएको छ । पीडितहरू लामो समयदेखि माइतीघर मण्डलमा आन्दोलनमा थिए । काठमाडौंमा विभिन्न स्थानबाट आएका पीडितहरू विभिन्न नारा लगाएका प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन् ।

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 134 पटक पढिएको
  • मुख्यमन्त्री थापाद्वारा कृष्णप्रसाद कोइराला र पुष्पलालको सालिकमा माल्यार्पण

    विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सपथ ग्रहण  गरेलगत्तै प्रजातान्त्रिक आन्दोलनका  धरोहर पुष्पलाल श्रेष्ठ र कृष्णप्रसाद कोइरालाको अर्धकदको सालिकमा माल्यार्पण गरेका छन् ।पुष्पलाल श्रेष्ठ कम्युनिष्ट पार्टीको सूत्रधार तथा  जन्मदाता हुन भने कृष्णप्रसाद कोइराला प्रजातन्त्र प्राप्तिका लागि राणा विरुद्ध आन्दोलन गर्ने कमान्डर हुन् । कृष्णप्रसाद विपी कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी पनि हुन् । बुधवार साँझ ५ बजे  प्रदेश प्रमुख कार्यालय विराटनगरमा सपथ ग्रहण कार्यक्रम सकिए लगत्तै मुख्यमन्त्रीले बरगाछी चौकमा रहेको कृष्णप्रसाद कोइराला र पुष्पलाल चौकमा रहेक

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 119 पटक पढिएको
  • सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ

    काठमाडौं / काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गरेको अभियोगमा ५ जनालाई काठमाडौं जोरपाटीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्याम बहादुर लामा, काठमाडौं कागेश्वर मनहरा डाँछी बस्ने ३६ वर्षीय भीम बहादुर बस्नेत, कागेश्वर मनहरा मलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रविण तामाङ र रामेछाप गोकुलगंगा घर भई काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय बिक्की लामा (बाफ्ले) रहेका छन् । सर्वसाधारणलाई कुटपिट,

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 119 पटक पढिएको
  • आज राष्ट्रिय सभा बैठक बस्दै , यस्तो छ कार्यसूची

    काठमाडौं / राष्ट्रिय सभा बैठक आज बस्ने भएको । बैठक दिउँसो १ बजे बोलाइएको हो । संसद् सचिवालयका अनुसार बिहीबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने  कार्यसूची छ । यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने पनि कार्यसूची छ । बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 99 पटक पढिएको
  • झापाको दक्षिणी नाका कचनकवलबाट २ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ बरामद

    बिर्तामोड / झापाको दक्षिणी नाका कचनकवलबाट प्रहरीले २ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्रले प्रहरीले आज बिहान पथरिया बगानदेखि धरान चल्ने यात्रुवाहक बसबाट अवैध रुपमा भन्सार छलेर भित्राएको १२ बोरा सुर्ती बरामद गरेको हो । कचनकवल -६ स्थित  बनियानी चोकबाट बरामद गरेको सुर्तीजन्य पदार्थ भारतीय ब्रान्डका बादशाह सुर्ती रहेको पाइएको छ । बरामद गरिएको सुर्तीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइने सशस्त्र प्रहरी बल नम्बर २ गण झापाले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 108 पटक पढिएको
  • नारायणीमा हाम फालेकी महिलाको उद्धार पछि मृत्यु

    झापा / नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा मृत्यु भएको हो । नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो । महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन ।

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 160 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.