काठमाडौं / राष्ट्रिय सभा बैठक आज बस्ने भएको । बैठक दिउँसो १ बजे बोलाइएको हो । संसद् सचिवालयका अनुसार बिहीबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने  कार्यसूची छ । यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने पनि कार्यसूची छ । बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेको जनाइएको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।