बिर्तामोड / शौचालय जाने क्रममा करेन्ट लागेर सुनसरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–९ धुराहा फिल्टुन बस्ने २० वर्षीय निरज चौधरी रहेका छन् ।

शौचालय जाने क्रममा मुसाले काटेको तारमा टेक्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा  बुधबार राति मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।