काठमाडौं / काठमाडौंमा सहकारीबाट पीडित भएकाहरूले गरेको सडक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।बिजुलीबजारको आर्क ब्रिजमा सहकारी पीडितले सडक अवरुद्ध गर्न खोज्दा प्रहरी र पीडितबीच धकेलाधकेल भएको हो । जसमा १०/१५ जना घाइते भएका छन् ।

दुईजनाको अवस्था गम्भीर भएको र अस्पताल लगिएको छ । पीडितहरू लामो समयदेखि माइतीघर मण्डलमा आन्दोलनमा थिए । काठमाडौंमा विभिन्न स्थानबाट आएका पीडितहरू विभिन्न नारा लगाएका प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन् ।