बिर्तामोड / झापाको दक्षिणी नाका कचनकवलबाट प्रहरीले २ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्रले प्रहरीले आज बिहान पथरिया बगानदेखि धरान चल्ने यात्रुवाहक बसबाट अवैध रुपमा भन्सार छलेर भित्राएको १२ बोरा सुर्ती बरामद गरेको हो ।

कचनकवल -६ स्थित  बनियानी चोकबाट बरामद गरेको सुर्तीजन्य पदार्थ भारतीय ब्रान्डका बादशाह सुर्ती रहेको पाइएको छ । बरामद गरिएको सुर्तीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइने सशस्त्र प्रहरी बल नम्बर २ गण झापाले जनाएको छ ।