काठमाडौं / काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि भेटिएको छ । गत  ७ साउनमा बेपत्ता भएका १३ वर्षीय बालक विधान आलेमगर ९साजन० को शव हिजो दक्षिणकालीमा भएटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।