बिर्तामोड / धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनकुटाको धनकुटा नगरपालिका- १ हिले स्थितमा प्रहरी चौकी हिले र ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित स्थानीय ३१ बर्षीय राजेश तामाङ, २९ बर्षीय बिनोद घिमिरे, २५ बर्षीय फुर्वा तामाङ, २६ बर्षीय पदम न्यौपाने, २७ बर्षीय युवराज बि.क. र पाख्रीबास- ३ का २५ बर्षीय सरोज तामाङलाई नियन्त्रणमा लिएको छ 

यस्तै सुनसरीको ईटहरी उप- महानगरपालिका- ६ स्थितमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी- ६ स्थितमा होटल संचालन गरी बस्दै आएका ४० बर्षीय सुनिल चौधरीलाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।