समाचार

    Showing 19,071-19,080 of 25,965 items.
  • किसानका समस्या सम्बोधन नभएको गुनासो

    इटहरी / नेपाल किसान महासंघ कोशी प्रदेश समितिमा मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र हस्तान्तरण एवं शुभकामना आदान प्रदान कार्यक्रम सुनसरीको इटहरीमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना र नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले मनोनित प्रदेश सभापतिसहित पदाधिकारी÷सदस्यहरुलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको हो । किसानका समस्या र किसानका उन्नतिका बिषयमा कृयाशिल रहदै आएको नेपाल किसान महासंघको कोशी प्रदेश समितिले पुर्णता पाएसँगै यसले आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन शुरु गरेको हो ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले भर्खरै सम्प

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 188 पटक पढिएको
  • १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    काठमाडौँ / १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक नगरपालिका- १४ झ्याडी घर भई हाल भक्तपुर बोडे बस्ने २५ वर्षीय सिङ्ग बहादुर माझी रहेका छन् । आइतबार दिउँसोदेखि हराएकी बालिकाको खोजी तथा अनुसन्धान गर्ने क्रममा माझीले ती बालिकालाई सोमबार भक्तपुर सूर्यविनायकस्थित कोठामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपछि उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 146 पटक पढिएको
  • एक सय किलो सुनबारे थप अनुसन्धान अब सीआईबी गर्ने

    काठमाडौं / गत साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक सय किलो सुन प्रकरणमा अब  थप अनुसन्धान सीआईबीले गर्ने भएको छ । सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई यसको जिम्मा दिने भएको हो ।  उच्च सरकारी स्रोतका अनुसार, बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए । प्रहरीले

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 191 पटक पढिएको
  • विराटनगरका रोहित चौधरीको हत्यामा संलग्न थप दुईजना पक्राउ

    बिर्तामोड / विराटनगर महानगरपालिकाका –५ का रोहित चौधरीमाथि गोली हानी हत्या गरेको आरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा धरानका प्रकाश लिम्बू र विराटनगरका अज्जु भनिने अजय शर्मा रहेका छन् । उनीहरुलाई बिहीबार धरान र विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी प्रभु ढकालले जानकारी दिए । हत्यामा प्रयोग गरिएको बन्दुक विराटनगरका शर्माले उपलब्ध गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।सोही घटनामा यसअघि पक्राउ परेका मोरङको लेटाङ नगरपालिका–१ का दीपक तिम्सिना र धरान उपमहानगरपालिका–१४ का अनशन तामाङलाई कोसी प्रदेश प्रहरी कार्यालयले दुई दिनअघि सा

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 142 पटक पढिएको
  • पहिरो परि बेपत्ता भएका बालकको शव फेला

    काठमाडौं / दोलखामा पहिरोमा परी बेपत्ता भएका एकजना बालक मृत फेला परेको भने तीन जना अझै बेपत्ता छन् ।गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव भने फेला परेको छ । पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 108 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौँ / साताको अन्तिम दिन अर्थात् आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज बिहीबारकै मूल्यमा आज सुनचाँदी किनबेच भइरहेको हो । हिजो तोलामा सुनको मूल्य २०० रुपैयाँले घटेको थियो ।आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 138 पटक पढिएको
  • अवतरण गर्ने क्रममा विमानको टायरमा आगलागी

    एजेन्सी / यात्रुहरूले विमानको टायरमा आगो लागेको खबर पाएपछि डेल्टा एयरलाइन्सको विमानमा हंगामा मच्चिएको थियो ।घटना बुधबार साँझको हो । बोस्टनबाट उडेको डेल्टा विमान एटलान्टामा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । अवतरणको क्रममा विमानको टायर फुट्यो र एटलान्टाको हार्ट्सफिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्त १९० यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालियो । राहत तथा उद्धारका क्रममा एक यात्रु पनि घाइते भएका छन् ।आफ्नो आधिकारिक विज्ञप्तिमा संघीय उड्डयन प्रशासनले भनेको छ कि बुधवार साँझ ६ बजेतिर भएको थियो, जब बोस्टनबाट डेल्टा उडान १४३७ ले एटलान्टामा अवतरण गर्ने क्रममा यसको बायाँ मुख्य गियर ट

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 142 पटक पढिएको
  • पहिरोले घर पुरिदा तीन जना बेपत्ता

    झापा / दोलखाको गौरीशंकर गाउँपालिका- ८ मा गएराति पहिरोले घर पुरिदा  तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी घाइते भएका तीन जनाको उद्धार गरिएको छ । बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले जानकारी दिए । यस्तै टोपाटारमा ३ घर पुरिएका छन् । यसैबीच गयरातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ । १५ घर विस्थापित भएका छन् ।  पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 106 पटक पढिएको
  • सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागी श्रेष्ठको नाम सिफारिस

    काठमाडौँ / संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो । परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन् ।

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 146 पटक पढिएको
  • आज कोशी, बागमती, गण्डकी, लुम्बिनी लगायतका प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं / आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंसिक प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ ।त्यस्तै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ । अहिले देशभर आंशिक देखि सामान्य बदली रही  कोशी ,गण्डकी र सुदूरपश्चिम प्रदेशक

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 177 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.