काठमाडौं / गत साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक सय किलो सुन प्रकरणमा अब  थप अनुसन्धान सीआईबीले गर्ने भएको छ । सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई यसको जिम्मा दिने भएको हो । 

उच्च सरकारी स्रोतका अनुसार, बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए । प्रहरीले यस प्रकरण चिनियाँ, भारतीय र बेल्जियन नागरिक गरि १७ जनालाई पक्राउ गरिसकेको छ ।