झापा / दोलखाको गौरीशंकर गाउँपालिका- ८ मा गएराति पहिरोले घर पुरिदा  तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी घाइते भएका तीन जनाको उद्धार गरिएको छ ।

बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले जानकारी दिए । यस्तै टोपाटारमा ३ घर पुरिएका छन् । यसैबीच गयरातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ । १५ घर विस्थापित भएका छन् ।  पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।