काठमाडौँ / साताको अन्तिम दिन अर्थात् आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज बिहीबारकै मूल्यमा आज सुनचाँदी किनबेच भइरहेको हो । हिजो तोलामा सुनको मूल्य २०० रुपैयाँले घटेको थियो ।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

OM Sai Pathibhara Hospital

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।