काठमाडौं / आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंसिक प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ । अहिले देशभर आंशिक देखि सामान्य बदली रही  कोशी ,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

OM Sai Pathibhara Hospital

दिउँसो पहाडी भू- भागको केही स्थानहरूमा र बाँकी भू- भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको पनि सम्भावना छ भने लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू=भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा- हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण  नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय र हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।