समाचार

    Showing 19,061-19,070 of 25,965 items.
  • झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित २ जना पक्राउ

    बिर्तामोड / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ७ बजे झापाको झापा गाउँपालिका- ४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आँउदै गरेका साइकलयात्री इलाम माङसेबुङ गाउँपालिका- ९ का ३० वर्षीय युवराज लिम्बुलाई शंका लागि चेकजाँच गर्दा साइकलको ह्यान्डल भित्र लुकाई राखेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।त्यस्तै गरी विराटनगर महानरपालिका- १६ स्थितमा  लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १-०२-०५२प ७५९६ नम

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 180 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घट्ना हुँदा १ जनाको मृत्यु ,२ घाईते

    झापा / उदयपुरको त्रियुगा नगरपालिका- १० स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा त्रियुगा- ६ जलजले का २५ वर्षीय सुदीप चौधरी रहेका छन् । हिजो बेलुका साढे ९ बजे प्रदेश १-०२-०४४ प ८८९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाइकल पछाडि चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । सोही दुर्घटनामा परि घाईते भएका चालक त्रियुगा- ६ का २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि विराटनगर लगिएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट  थप अनुसन्धान भइरहेको प्रहरीले ज

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 164 पटक पढिएको
  • भारतमा गाईसँग कार ठोकिएर दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

    काठमाडौँ / भारत कार दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ । भारतको श्रावस्ती जिल्ला भएको दुर्घटनामा परि नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय वैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपिका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र ६ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवन चोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिता गुप्ताको मृत्यु भएको हो ।भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार गए राति श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी का

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 197 पटक पढिएको
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं / नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पनि सरदर  स्थान  भन्दा  उत्तरतिर  अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र  मधेश  प्रदेशको थोरै स्थ

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 182 पटक पढिएको
  • काठमाडौंमा पहिरोले घर पुरिँदा बाबु छोरीको मृत्यु , एकजना घाइते

    काठमाडौं / पहिरोले घर पुरिँदा काठमाडौंको तारकेश्वर नगरपालिका चो गाउँमा बाबु छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गणेश तामाङ र उनकी छोरीको रहेकी छिन् । शनिबार राति आठ बजेतिर पहिरोले घर पुरिँदा गणेशकी श्रीमती घाइते भएकी छन् । बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले बताए । गणेशकी श्रीमतीको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 117 पटक पढिएको
  • नेवि संघको आयोजनामा निशुल्क आँखा शिविर

    बिर्तामोड / नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति झापाको आयोजना गरिएको निशुल्क आँखा शिविर मा  ५२० जनाले लिएका छन् । नेपाली काङ्ग्रेस बुद्धशान्ति- ४ नम्बर वडा समिति र नेपाल विद्यार्थी संघ बुद्धशान्तिको समन्वयमा तथा काँकरभिट्टा आई केयर सेन्टर प्रालि को प्राविधिक सहयोगमा शनिबार बुद्धशान्ति -४ सट्टाभर्ना स्थित श्री गणेश माविमा निशुल्क आँखा शिविर सञ्चालन भएको थियो ।  पछिल्लो समय अत्यधिक रुपमा फैलिरहेको आँखा सम्बन्धी रोगको समस्याबाट मानिस ग्रसित भइरहेको अवस्था निशुल्क आँखा शिविर कार्यक्रम गरिएको हो । नेविसंघ झापा सभापति संजय निरौलाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 267 पटक पढिएको
  • अवैध तरिकाले खेती गरिएको गाजा फडानी

    बिर्तामोड / प्रहरीले अवैध तरिकाले खेती गरिएको गाजा फडानी गरेको छ । आज ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको मातहत रहेको  ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्र.ना.नि.निराजन कटुवालको कमाण्डमा खटिएको गस्ति टोलिले अवैध गाजा फडानी गरेको हो । झापाको  बाह्रदशी गाउँपालिकाको वडा ७ विभिन्न व्यक्तिहरुको खेतवारी तथा अवैध रुपमा उम्रिएका ५० वटा गाजाको बोटबिरुवा काटी नष्ट गरिएको इलाका प्रहरी कार्यलय अनारमनि  बिर्तामोडले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 257 पटक पढिएको
  • तनावपूर्ण स्थिति बनेको झापा कारागारको अवस्था सामान्य

    भद्रपुर । तनावपूर्ण स्थिति बनेको झापा कारागारको अवस्था सामान्य बनेको छ । केदीको सरुवाको विषयमा प्रशासन पछि हटेपछि स्थिति सामान्य बनेको हो ।प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीको अन्यत्र कारागार सरुवाको विषय अहिलेलाई थाँती राखेपछि स्थिति सामान्य बनेको बताए ।कारागारमा रहेका कैदी मनोज लावतीलगायत केही कैदीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रेका थिए । सरुवा गर्न लागिएका कैदी मनोज लावती झापा कारागारका चौकीदार हुन् ।कारागार व्यवस्था विभागले चौकिदार लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णय

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 148 पटक पढिएको
  • झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडपका क्रममा आगलागी

    भद्रपुर । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ। झडपका क्रममा आगलागी समेत भएको छ । अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको छ ।कर्तब्य ज्यान मुद्दामा सजाय भोगिरहेका कारागारको सहायक नाइके समेत रहेका मनोज लाओतीलाई कारागार प्रशासनले अन्यत्र स्थानमा सरुवा गर्न लागेको भनी कैदिबन्दीहरुले कारागार भित्र झ्याल ढोकाका शिशा तोडफोड गर्नुका साथै आगजनी गरि बिरोदमा उत्रीएका छन।आगो नियन्त्रणमा लिन भद्रपुर, दमक, बिर्तामोड, कमल नगर\गाउँ पालिकाका दमकल खाटाइएका छन।झडपका क्रममा जेलभित्रबाट धुवाको मुस्लो बाहिर निस्किरहेको छ । भित्र कैदीवन्दीबीचको झगडालाई सुरक्षा निकायले नियन्त्रण

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 553 पटक पढिएको
  • राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए संन्यास

    काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका छन् । २०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए । १०  वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो । उनी पारस कप्तान रहँदा नेपाली टिमको उपकप्तानको भूमिकामा थिए । 

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 178 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.