बिर्तामोड / नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति झापाको आयोजना गरिएको निशुल्क आँखा शिविर मा  ५२० जनाले लिएका छन् । नेपाली काङ्ग्रेस बुद्धशान्ति- ४ नम्बर वडा समिति र नेपाल विद्यार्थी संघ बुद्धशान्तिको समन्वयमा तथा काँकरभिट्टा आई केयर सेन्टर प्रालि को प्राविधिक सहयोगमा शनिबार बुद्धशान्ति -४ सट्टाभर्ना स्थित श्री गणेश माविमा निशुल्क आँखा शिविर सञ्चालन भएको थियो । 

पछिल्लो समय अत्यधिक रुपमा फैलिरहेको आँखा सम्बन्धी रोगको समस्याबाट मानिस ग्रसित भइरहेको अवस्था निशुल्क आँखा शिविर कार्यक्रम गरिएको हो । नेविसंघ झापा सभापति संजय निरौलाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्य रहेको थियो ।नेपाली काङ्ग्रेस बुद्धशान्ति -४ वडा सचिव दीपक शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराईले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

OM Sai Pathibhara Hospital

नेपाली काङ्ग्रेस जिल्ला सदस्यहरु, विभिन्न भ्रातृ संस्थाका प्रमुख ,नेविसंघ जिल्लाका पदाधिकारी तथा सदस्य ,विभिन्न क्याम्पस स्ववियु सभापति तथा सदस्य ,क्याम्पस इकाई सभापति तथा पदाधिकारी ,पार्टी प्रदेश सभा पदाधिकारी ,क्षेत्रीय सदस्य लगायत विभिन्न तहका नेतृत्वको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेविसंघ झापा सचिव गोकुल पौडेलले गरेका थिए ।